सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा विद्युतको तार सर्ट भएर आगलागी

२०८० जेठ १७, १२:१९ खबर संवाददाता

बाजुराः बाजुरामा विद्युतको तार सर्ट भएर आगलागी भएको छ।

बुधबार विहान जिल्लाको गौमुल गाउँपालिका–६ टुनीका कुले लुहार र गोरे लुहारको संयुक्त रुपमा जोडिएको कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो। आगलागीबाट खद्यन्न, लत्ताकपडा, कागजपत्र र ९० हजार नगद समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति नभए पनि करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ।

त्यस्तै मंगलवार साँझ बुढीगंगा नगरपालिका–९ सेलीका डम्मरबहादुर रावतको कच्ची घरमा पनि बिजुलीको तार सर्ट भएर आगलागी भएको छ। आगलागीबाट खाद्यन्न, लत्ताकपडा, भाडाबर्तन, कागजपत्रहरु जलेर करिब ७ लाख बराबरको क्षति भएको छ। साथै घरभित्र रहेका ५ वटा खरायो समेत जलेर मरेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस