सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २ लाख बराबरको धनमाल जलेर नष्ट

२०८० जेठ १६, ०७:१३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा २ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–२ बाणीका चक्रबहादुर बिष्टको घरमा बिद्युत लाईन सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी हुँदा घरमा रहेको काठ, फर्निचर, लत्ता कपडा, भाँडावर्तन, अन्नपात लगायत अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो। 

कमेन्ट लोड गर्नुस