सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई माया मेट्रो हस्पिटलको साथ

२०८० जेठ १६, ०६:२३ खबर संवाददाता

धनगढी :    धनगढीमा आयोजनाहुने चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई धनगढीको माया मेट्रो हस्पिटलले साथदिएको छ । नेपाल खेलकुदपत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डको सुदूरपश्चिमआइकनपुरुषविधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गर्ने भएको हो । 

अवार्डमादिइने ८ वटा विधामध्येको सुदूरपश्चिमआइकनपुरुष अवार्डको नाममाया मेट्रो हस्पिटल सुदूरपश्चिमआइकनपुरुष अवार्ड हुने भएको छ । सोमबार मञ्चकाअध्यक्षप्रदीप पाठक र अस्पतालका अध्यक्षधिरेन्द्र सावदले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउँदै आएको माया मेट्रो हस्पिटलले सुदूरपश्चिम स्पोर्टस अवार्डलाई निरन्तर साथदिँदै आएको छ भने विभिन्न सामाजिक क्षेत्रमापनि सहयोगकाकार्य गर्दै आएको छ । 

खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफलतथा सम्भावनाबोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई प्रोत्साहन गर्ने अभियानमा अस्पतालका तर्फबाट सहयोग गरेको ‘माया मेट्रो’ अस्पतालका अध्यक्षधिरेन्द्र सावदले बताए । उनले खेलकुद क्षेत्रमा स्वास्थ्य सेवादिइरहेको अस्पतालले आगामीदिनमापनि सहयोग गर्ने प्रतिबद्धता जनाए । सावद नेपालक्रिकेट सङ्घका निवर्तमान केन्द्रीय सदस्यहुन । उनीलामो समयदेखि खेलकुद क्षेत्रमा अग्रसर रहँदै आएका छन् । ‘माया मेट्रो’ अस्पतालले प्रायोजन गरेर साथदिँदा अवार्डलाई अझभव्य रूपमा सफलपार्नका लागि मद्दत मिल्ने मञ्चकाअध्यक्ष पाठकले बताए । यस विधाअन्तर्गत सुदूरपश्चिमप्रदेशको प्रतिनिधित्वगर्दै राष्ट्रिय तथाअन्तर्राष्ट्रिय क्षेत्रमा सफलपुरुष खेलाडीलाई अवार्ड प्रदानगरिनेछ । 

असार ८ गते धनगढीमा आयोजनाहुने चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ माउच्चप्रदर्शन गरेका राष्ट्रिय तथाअन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिमआइकनमहिला र पुरुषविधामा अवार्ड प्रदानगरिनेछ ।  उत्कृष्ट खेलाडी पुरुष र महिलाविधाकाविजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुदपत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिमआईकन महिला र पुरुषविधाकाविजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदानगरिनेछ । अवार्डको चौथो संस्करणको तयारी तीव्र रूपमाभइरहेको छ । प्रायोजक प्रबद्र्धकहरुको खोजीगर्दै अवार्डको तयारी अघि बढेको छ । अवार्डको मुख्यप्रायोजकमा सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको छ ।
 

कमेन्ट लोड गर्नुस