सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन पूर्ण खोपयुक्त पालिका घोषणा

२०८० जेठ १६, ०२:२९ अनिता चौधरी

बैतडी: बैतडीको पाटन नगरपालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएको छ। आज (मंगलवार) एक कार्यक्रमका बिच नगरपालिकालाई पूर्ण खोपयुक्त  पालिका घोषणा गरिएको हो।

राष्ट्रिय खोप तालिका अनुसार नगरपालिकाका १० वटै वडामा खोप लगाउने उमेर समूहका बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिंह महराले जानकारी दिए। १० वटै वडाका १६ देखि २३ महिनाका सबै बालबालिकाहरुले खोप पाएको उनले बताए। 
 

अनिता चौधरी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस