आगामी आर्थिक वर्षका लागि मलमा ३० अर्ब अनुदान

२०८० जेठ १५, ०५:२६
काठमाडौँः सरकारले समयमा नै मल उपलब्ध गराउन ३० अर्ब रूपैयाँ अनुदान दिएको छ।
आगामी आर्थिक वर्षमा समयमा नै मल उपलब्ध गराउनका लागि ३० अर्ब रूपैयाँ अनुदानको व्यवस्था गरिएको हो। २०८०÷०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले समयमा नै मल नआउने समस्यालाई समाधान गर्न अनुदानको घोषणा गरिएको बताए।

कमेन्ट लोड गर्नुस