सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभामुखद्घारा सात दिनभित्र संसदीय समितिका सभापति चयन गर्न ध्यानाकर्षण

२०८० जेठ १५, ०४:२१ खबर संवाददाता

काठमाडौँः  सभामुख देवराज घिमिरेले संसदीय समितिका नेताहरुको ध्यानाकर्षण गराएका छन्।

सोमबारको कार्यव्यवस्था परामर्श समितिको बैठमा सभामुख घिमिरेले समितिहरुको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराएका हुन्। “संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिन सकेको छैन। ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ।

उपसमितिका बैठक पनि ज्येष्ठ सदस्यको नेतृत्वमै सञ्चालन भइरहेको छ। समितिमा सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिन सकेको छैन’ सभामुख घिमिरेले भने। “तपाईंहरुले आजैको मितिदेखि सात दिनभित्र सहमतिबमोजिम सभापति चयन गराउनुहोस् वा सात दिनपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गराउनुहोस’’ उनले भने।

सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली यही जेठ १४ गते पारित भएपछि दुई संयुक्त समिति गठनका लागि बाटो खुलेको छ। 
 

कमेन्ट लोड गर्नुस