धनगढीबाट उपप्रमुखको नेतृत्वमा शिक्षकको टोली भारतको नयाँ दिल्ली प्रस्थान

धनगढीः धनगढी उपमहानगरको टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। उपप्रमुखको नेतृत्वमा शिक्षकको टोली भारतको नयाँ दिल्लीमा शैक्षिक अवलोकन भ्रमणका लागि आज प्रस्तान गरेको हो। धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ को नतिजा शून्यजस्तै आएको थियो।
सोही कारण अवलोकन भ्रमण गएएको जनाइएको छ। नगर उप–प्रमुखको नेतृत्वमा कार्यपालिका सदस्यहरू, नगर शिक्षा समितीका पदाधिकारीहरू विभिन्न विद्यालयका प्राध्यानाध्यापक/शिक्षकहरू र शिक्षा युवा तथा खेलकुद महाशाखाका कर्मचारीहरू सहितको टोलीलाई आज बिहान बिदाई गरिएको छ।
