सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोशी प्रदेश नाम खारेज गरी पुनः नामकरण गर्नुपर्छ–उपेन्द्र यादव 

२०८० जेठ १४, ०६:०२ खबर संवाददाता

काठमाडौँः  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १ नम्बर प्रदेशको नाम कोशी अस्वीकार गरेका छन्।

उनले आइतबार एक विज्ञप्ति जारी गर्दै कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने नाम राख्न माग गरेका हुन्। ‘प्रदेश सभाबाट प्रदेश नम्बर १ को नामकरण कोशी प्रदेश गरिएकोमा त्यसलाई अस्वीकार गर्दै उक्त नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनः नामकरण गर्न माग गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै प्रदेशमा भइरहेको प्रदर्शनमाथि सरकारको दमन पनि बन्द गर्न उनले आग्रह गरेका छन्। उनले यस समस्याको सम्बोधन गर्न आन्दोलनरत पक्षसँग वार्ता गरी समस्याको समाधान गर्न पनि सरकारसँग अनुरोध गरेका हुन्।

कमेन्ट लोड गर्नुस