धनगढीको स्वस्तिक हस्पिटलमा निःसन्तानपन सम्बन्धी स्वास्थ्य शिविर हुने

धनगढी : धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालीटी हस्पिटल प्रालिमा निःसन्तानपन सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ।
शुभ श्री आइभीएफ क्लिनिक काठमाडौँको सहकार्यमा विशेष छुटका साथ निःसन्तानपन सम्बन्धी स्वास्थ्य शिविर धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा यही जेठ २७ गते सञ्चालन हुन लागेको हो।
स्वास्थ्य समस्याकै कारण सन्तान सुख प्राप्त गर्न नसकेका दम्पतीहरूको समस्यालाई मध्यनजर गर्दै विभिन्न छुट तथा निःशुल्क सेवा सहित एक दिने निःसन्तानपन स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलका अध्यक्ष महेश जोशीले जानकारी दिए।

जोशीका अनुसार वीर्य परीक्षण र विशेषज्ञहरू द्वारा परामर्श सेवा निःशुल्क प्रदान गरिने छ भने टिभिएस परीक्षणमा ५० प्रतिशत तथा ल्याब परीक्षण, अल्ट्रासाउन्ड, अन्य स्त्रीरोग सम्बन्धी समस्या र अपरेसन लगायतका सेवामा पनि ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यस्तै, यही जेठ २७ गते शनिवार आयोजना हुने उक्त निःसन्तानपन सम्बन्धी स्वास्थ्य शिविरमा प्रसूति, स्त्री रोग तथा प्रजनन विशेषज्ञ डा। सलमा बनु र स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा। निता तिमल्सीनाले चेकजाँच तथा परामर्श सेवा प्रदान गर्नु हुने छ। यसका साथै, समयमै आफ्नो नाम दर्ता गराई मौकाको फाइदा उठाउनुहुन आम सर्वसाधारणमा अनुरोध गर्नु हुँदै अध्यक्ष जोशीले विस्तृत जानकारीको लागी फोन नम्बर ०९१–५२०२११ र ०९१–५२०५१२ अथवा मोबाइल नं। ९८६०८१७३८४ मा फोन गर्न समेत आग्रह गरे।
यसका साथै, अस्पतालले सुदूर वासीको स्वास्थ्यलाई मध्यनजर गर्दै विशेष छुट सहित सस्तो मूल्यमा परिवार स्वास्थ्य प्याकेज र स्वस्तिक होल बडी चेकअपको पनि व्यवस्था गरेको अस्पताल व्यवस्थापन टिमले जनाएको छ।