बैतडीको पञ्चेश्वरमा अखाद्य सामग्री नष्ट
बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकामा अखाद्य सामग्री नष्ट गरिएको छ। पालिका भित्रका बजार अनुगमनका क्रममा भेटिएका १ लाख बराबरका अखाद्य सामग्री बरामद गरि नष्ट गरिएका हुन्।
पञ्चेश्वर गाउँपालिकाका मुख्य–मुख्य बजारमा अनुगमन गरिएको र अनुगमनका क्रममा भेटिका अखाद्य सामग्री बरामद गरि नष्ट गरिएका पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिइन्। यस्तै वडा नं ३ र ४ मा नियम विपरित सञ्चलनमा रहेका मदिरा पसलहरुबाट ८२ हजार जरीवाना असुल गरिएको छ। नियम विपरित सञ्चालनमा रहेका तीन ओटा मदिरा पसल सिल गरिएका हुन।