मलेसियासँगको टी–२० सिरिजका लागि नेपाली महिला टोलीको घोषणा

काठमाडौंः मलेसियासँगको टी–ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ।
युवा ब्याटर सम्झना खड्का, स्पिनर कृतिका करासिनी र तीव्र गतिका बलर ईश्वरी विष्टलाई पहिलो पटक टोलीमा मौका दिएको हो। सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने सम्झना खड्काले घरेलु क्रिकेटमा उत्कृष्ट ब्याटिङ गर्दै आएकी छिन्। सुदूरकै ईश्वरी विष्टले घरेलु क्रिकेटमा राम्रो बलिङ गर्दै आएकी छिन्।
स्पिनर कृतिका मरासिनी नेपालको यू(१९ कप्तान हुन्। उनले लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै राम्रो प्रदर्शन गर्दै आएकी छिन्। मलेसियाविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।
मलेसियाको घरेलु मैदानमा हुने सिरिज मे २९ बाट सुरु हुनेछ। दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल रहेको छ। जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ।


