सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशका अगुवा कृषक नयाँ कृर्षि प्रविधि अवलोकनका लागि अन्तर प्रदेश गए

२०८० जेठ ११, ०४:०८ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेशका कृषकहरु एक साताको अन्तरप्रदेश प्रविधि अवलोकन भ्रमणका लागि निस्केका छन्।

सुदूरपश्चिमको क्षेत्रिय कृषि निर्देशनालयको आयोजनामा प्रदेशभित्रका प्रत्यक जिल्लाबाट दुई÷ दुई जना अगुवा कृषकलाई समेटेर अध्यन भ्रमण टोलीमा सहभागि भएका छन्। अगुवा कृषकहरु बिभिन्न प्रदेशका नमुना, नयाँ कृर्षि प्रविधि र उद्यमीहरु संग सिकाई र अनुभवन आदानप्रदान गर्नका लागि अगुवा कृषक अध्यन भ्रमणको आयोजना गरिएको सुदूरपश्चिमको क्षेत्रिय कृषि निर्देशनालयका कृषि विज्ञ राजेन्द्र बमले बताए।

भ्रमण टोलीलाई बिहिबार सुदूरपश्चिमको क्षेत्रिय कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले खादा लगाई बिदाई गरेका छन्।
 

कमेन्ट लोड गर्नुस