नेप्से आज बन्द हुने

२०८० जेठ ११, ०९:०७
काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीवार बन्द हुने भएको छ।
आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब बजार आइतवार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि बुधवार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९।१२ विन्दुमा अडिएको छ।



कमेन्ट लोड गर्नुस