सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा योग महोत्सव शुरु

२०८० जेठ ९, ०९:०० खबर संवाददाता

धनगढीः  डडेल्धुरामा योग महोत्सव मंगलवारबाट शुरु भएको छ।

‘योग र आयुर्वेदको प्रयोग गरी स्वस्थ्य जीवन जीउन विभिन्न प्रकारका रोगबाट मुक्ति प्राप्त गरौँ’ भन्दै पाँच दिवसीय निःशुल्क योग महोत्सव शुरु गरिएको हो। 

पतंजली योग समिति डडेल्धुराको आयोजनामा जिल्लाको टुँडिखेलमा मंगलवारदेखि १३ गते शनिवारसम्म पाँच दिन महोत्सव सञ्चालन भएको छ। 

पतंजली योग समिति नेपालका प्रमुख देवआदितिको सानिध्यमा संचालन भएको योग महोत्सवमा योग साधना, शारीरिक अभ्यास, प्राणायाम लगायत सत्संग तथा आयुर्वेदिक औषधीय उपचार तथा योग स्वास्थ्य परामर्शका विषयमा साधकहरुलाई जनचेतनामूलक जानकारी तथा प्रशिक्षण गराउन लागिएको पतंजली योग समिति सुदूरपश्चिम सहप्रभारी गोविन्द खडायतले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस