सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

२०८० जेठ ७, १०:१६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–४ का ३४ वर्षीय प्रताप खुनाको करेन्ट लागेर मृत्यु भएको हो। शनिबार राति मछेली नदी किनारमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हावाहुरीले विद्युतको पोल ढल्दा साइकल सवार उनको करेन्ट लगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। स्थानीयले क्षतिपूर्ति, मृतका परिवारलाई रोजगारी र विद्युत पोलहरु व्यवस्थित गर्नुपर्ने माग गरेका छन्।

कमेन्ट लोड गर्नुस