सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा असिना पानीले गहुबाली नष्ट, किसान चिन्तित

२०८० जेठ ४, ०४:१५ खबर संवाददाता

बाजुराः  बाजुरामा असिना पानीले गहुँबाली नष्ट गरेको छ।

बुधबार परेको असिना पानीले जिल्लाका विभिन्न ठाउँमा पाक्न लागेको गहुँ बाली नष्ट पारेको हो। पाकेको गहुँबाली घर भित्र्याउन नपाउँदै असिना पानीले सखाप पारेपछि किसान चिन्तित बनेकाछन्। असिना पानीले जिल्लाको बुढीगङ्गा, बडिमालिका गौमुल र खप्तड छेडेदह गाउँपालिकामा लगाएका गहुँबाली नष्ट पारेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

असिना पानीले बुढीगङ्गा, बडिमालिका गौमुल र खप्तड छेडेदह गाउँपालिकामा लगाएका गहुँ तथा वर्षे आलु बालीमा समेत ठुलो क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए। ‘असिना पीडित किसानले कृषि विकास शाखा र वडा कार्यालयलाई तथ्याङ्क सङ्कलनमा आवश्यक समन्वय तथा सहजीकरण गरीदिन सबै कृषकलाई जानकारि गराइएको सुचना अधिकारी जैशीले बताए।

विवरण सङ्कलन ढाँचा सबै कृषि शाखाको इमेलमा पठाइएकाले असिनापीडितले सोहीअनुसार तथ्याङ्क सङ्कलन गरी कृषि ज्ञान केन्द्रमा पठाउनुपर्ने उनले बताए।
 

कमेन्ट लोड गर्नुस