बैतडीको डिलाशैनी–१ पूर्ण खोपयुक्त वडा घोषणा
बैतडीः बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर-१ लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ। बुधबार एक कार्याक्रमका बिच वडालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ वडालाई पूर्ण खोपयुक्त वडा घोषण गरिएको छ। पूर्णखोपका लागि आवश्यक मापदण्ड पूरा भएकोले वडा नम्बर-१ लाई पूर्णखोपयुक्त वडा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश बहादुर खातीले जानकारी दिए।
वडाका सबै बालबालिकाले खोप पाएपछि सुनिश्चितता गरिएको उनले बताए। अहिले वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन लागिएको र वडा पछि पालिकालाई नै घोषणा गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक खातीले बताए। १५ महिनादेखि २३ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले एउटा पनि खोप नछुटाइ लगाएको अवस्थामा पूर्ण खोपयुक्त घोषणा गरिन्छ।