सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कुपोषित बालबालिका बर्सेनि बढ्दै

फाइल फोटो
फाइल फोटो
२०८० जेठ ४, ०७:१९ खबर संवाददाता

बैतडी: बैतडीमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढ्दै गएको छ। स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका हुन्।

यीमध्ये ३१२ जना कडा कुपोषणले ग्रसित छन्। उमेर र उचाइ अनुसार बालबालिकामा निकै कम तौल र ख्याउटे अनुहार भएको पाइएको छ। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बैतडीमा कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए। कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा ४२ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र खोलेर पोषिलो खाना कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

उनले भने, “गत वर्षको तुलनामा यस वर्ष कुपोषित बालबालिका बढी फेला परे। गत वर्ष एक हजार २९९ कुपोषित बालबालिका रहेकोमा यस वर्ष एक हजार ९३४ जना कुपोषित बालबालिका पाइए।” पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको उनले बताए।

कमेन्ट लोड गर्नुस