सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका तीन नगरपालिकाभित्रका च्याउ व्यवसायिलाई तीन दिने तालिम

२०८० जेठ ३, ०८:१४ खबर संवाददाता

धनगढीः  कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा ३ दिने बेमौषमी च्याउ उत्पादन प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ।

दिगो विकास समाज भजनी कैलाली र वरल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना मार्फत उनीहरूलाई तालिम प्रदान गरिएका होे। तालिममा गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिका भित्रका गठीत १३ वटा च्याउ उत्पादन समुहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

उनिहरुलाई बेमौषमी च्याउ उत्पादन प्रविधिका वारेमा जानकारी , च्याउ उत्पादनका लागी प्लाष्टिक घर निर्माण गर्ने तरिका, बेमौषमी च्याउ उत्पादन गरी आर्थिक वृद्धि गर्ने, आर्थिक आम्दानीका माध्यमबाट वाल समृद्घि ल्याउने उद्देश्यले संचालन गरीएको परियोजनाका अधिकृत प्रभु ढकालले बताए।

१ वटा प्लाष्टिक घर र ४० वटा च्याउका पोका बनाई तालिममा सहभागिहरुलाई व्यावहारीक अभ्यास समेत गराईएको थियो।
 

कमेन्ट लोड गर्नुस