सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘अमेरिकाले नेपालमा एनजिओ र पार्टीमार्फत घुसपैठ बढायो’

२०८० जेठ १, ०१:१८ खबर संवाददाता

कञ्चनपुरः राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय महासचिव मनोज भट्टले अमेरिकाले नेपालमा एनजिओ र राजनीतिक दलमार्फत घुसपैठ बढाएको दाबी गरेका छन्।

सोमबारदेखि सुरु पार्टीको मेची–महाकाली अभियानअन्तर्गत महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव भट्टले यस्तो बताएका हुन्। ‘अमेरिकाले नेपाल र नेपालीको भलाइका लागि नभई आफ्नै हित र चीन घेर्नका लागि एमसिसीजस्ता विभिन्न परियोजना लागू गर्न खोजेको छ,’ उनले भने, ‘आफ्नो उपस्थिति बढाउन एनजिओ र दलमा आफ्नो उपस्थिति बढाएको छ।’

राष्ट्रियताको रक्षा, धर्मनिरपेक्षता, संघीयता खारेजी र गणतन्त्र रक्षाका लागि अभियान थालिएको बताउँदै भट्टले १५ दिने अभियानअन्तर्गत जनतामा जागरण ल्याउन खोजेको दाबी गरे।

कमेन्ट लोड गर्नुस