सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका कलाकारहरू एउटै मञ्चमा

२०७५ चैत्र २८, ०८:१७ खबर संवाददाता

सुदूरपश्चिमको कला र संस्कृतिको संरक्षण गर्न सुदूरपश्चिम कलाकार मञ्च गठन गरिएको छ। कलाकारको हक, हितका विषय उठानका गर्नका लागि काठमाडौँमा मञ्च गठन गरिएको हो। सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै विभिन्न विधामा संघर्षरत कलाकारहरूलाई एउटै मञ्चमा राखेर संगठित गर्ने उद्देश्य अनुसार मञ्च गठन गरिएको हो। काठमाडौँमा भेला भएका यस क्षेत्रका कलाकारहरुले ३१ सदस्यिय तदर्थ समिति पनि गठन गरेका छन्। गीतकार राजेन्द्र शाह बिपीको अध्यक्षतामा गठन गरिएको उक्त समितिमा वरिष्ठ उपाध्यक्ष भुवन प्रकाश बिरही, उपाध्यक्षमा शोभा थापा र अराज केशव चयन भएका छन्। यस्तै महासचिवमा भिम थापा र कोषाध्यक्षमा पुष्पा बोहरालाई चयन गरिएको छ। यस्तै मञ्चको सचिवमा सुर्य विरही साउद रहेका छन्। 

मञ्चको महेश औजी, बिनोद बाजुराली, लाल बहादुर धामी, अर्जुन सुनाम, दिपक संगम बिसी, चक्र बंम, टंक तिमिल्सेना, रवि ओड, शेर बहादुर साउद, रेखा जोशी, लक्ष्मि आचार्य, बिक्रम चौहान, निरूता खत्री, अनिता चलाउने, डिबी खड्का, मनोज सिंह धामी, महेन्द्र बिक, रामप्रसाद अवस्थी, नरेश बिबिसी, पशुपति खनाल, नवीन धामी, दिपा रोकाया, गौरी भट्ट र दुर्गा भट्ट सदस्य रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस