सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका एक जनाको भारतमा हत्या

२०८० वैशाख ३०, ०५:१६ खबर संवाददाता

धनगढी भारतमा अछामका एक जना मृत फेला परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वर्डा नम्बर १२ का गोपाल नाथ भारतमा मृत फेला परेका हुन्।

भारतमा रहेकी पत्रकार ललिता विश्वकर्माका अनुसार उनी भारतको हरियाणा राज्यको रोहतक सहरमा काम गर्दै आएका थिए। सोही ठाउँका उनी मृत फेला परेका हुन्। मृतकका आफन्तका अनुसार उनको हत्या भएको हो।

व्यापारीहरुले नाथको हत्या गरेका परिवारका सदस्यले आरोप लगाएका छन्। उनको शव नदिमा फेला परेको थियो। हरियणा प्रहरीले उनको शव नदीबाट निकालेको छ। घटनाको थप अनुसन्धान जारी रहेको छ।  
 

कमेन्ट लोड गर्नुस