कञ्चनपुरबाट एक किशोर पक्राउ
कञ्चनपुर: कञ्चनपुरबाट एक किशोर पक्राउ परेका छन्।
बेलौरी नगरपालिका–६ रिछाहाबाट प्रहरीले खैरो हेरोइन र तराजुसहित एक जनालाई पक्राउ गरेको हो। मंगलबार राति ३ ग्राम ६५ मिलिग्राम खैरो हेरोइन र नापतौल गर्ने सानो तराजुसहित १८ वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले लागूऔषधसहित ती किशोरलाई पक्राउ गरेको हो।