सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज
२०८० वैशाख २७, ०३:४६
काठमाडौंः क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्। लाइपोमाको सर्जरी गरेका उनी तीन दिनदेखि अस्पतालमा थिए।
कलंकीस्थित नेशनल अस्पतालमा उनले लाइपोमा (छालामुनि बोसोको डल्ला निस्किने समस्या)को सर्जरी गराएका थिए। नेपाली राष्ट्रिय क्रिकेट टोलीका चिकित्सक डा. अभिषेक राज सिंहका अनुसार एक हप्ता उनले आराम गरेपछि नियमित खेल अभ्यासमा फर्किनेछन्।
कमेन्ट लोड गर्नुस