भारतमा चलिरहेको इन्डियन वुमन्स लिगमा (आईडब्लुएल) नेपालकि सावित्राको चौथो ह्याट्रिक
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले इन्डियन वुमन्स लिग (आईडब्लुएल) मा चौथो ह्याट्रिक गरेकि छन्।
गोकुलम केरेलाबाट लिग खेलिरहेकी उनले चौथो ह्याट्रिक माता रुक्मिनीविरुद्ध पूरा गरिन्। सावित्राकै उत्कृष्ट प्रदर्शनमा गोकुलमले रुक्मिनीलाई ९–० गोल अन्तरले हरायो। मंगलबार अहमेदावादस्थित शाइवग पुलिस स्टेडियममा भएको खेलमा उनले दुवै हाफमा २÷२ गोल गरिन्। योसँगै जारी लिगमा सावित्राको गोल संख्या १९ पुगेको छ।
उनले पहिलो खेलमा ५, दोस्रोमा ४, तेस्रो खेलमा २ र पाँचौं खेलमा ४ गोल गरेकी थिइन्। जारी सिजनमा सावित्रा सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छिन्। उनले छैटौँ खेलमा पहिलो गोल सात मिनेटमै गरिन्। दोस्रो गोल १२ औँ मिनेटमा गरेकी सावित्राले ६८ औँ मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन्।
उनले व्यक्तिगत चौथो गोल ६९ औँ मिनेटमा गरिन्। ६ खेलमा १६ अंक जोडेको गोकुलम समूह ‘ए’ को शीर्ष स्थानमा छ। योसँगै गोकुलम एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको छ।