अधिकारीले गरिन एक विद्यालयका विद्यार्थीलाई पठनपाठनका सामाग्री वितरण
धनगढीः कैलाली जिल्लाको एरिष्टो इङ्गलिस स्कुलकी संचालिका शान्ति अधिकारीले बालबालिकालाई स्टेसनरी सामान सहयोग गरेकी छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका – १२ जुगेडामा रहेको बेहडाबाबा आधारभूत विद्यालयका बालिबालिकालाई अधिकारीले स्टेसनरीका सामान सहयोग गरेकि हुन् उनले बेहडाबाबामा नर्सरीमा अध्ययनरत करिब ५० जना बालबालिकालाई मङ्गलबार किताव, कापी, कलम हस्तान्तरण गरेको विद्यालयले जनाएको छ।