सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीका अवैध संरचनामाथि पनि डोजर

२०८० वैशाख २६, ११:३० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका भित्रका अवैध संरचनामाथि पनि डोजर चलेको छ। बेलौरी नगरपालिका–५ ले सडकमा निर्माण गरिएका भौतिक संरचनामाथि जेसिबी (डोजर) चलाएको हो।

सोमवार वडा नम्बर ५ को कार्यालयले रिङरोड अन्तर्गत रामनगर चोकदेखि जडिबुटी चोकसम्मको डेढ किलोमिटर सडकमा बनेका अवैध भौतिक संरचना माथि डोजर चलाएको हो। वडा कार्यालयले भौतिक संरचना हटाउन ०७९ फागुनमा अन्तिम सुचना जारी गरेको थियो।

वडा अध्यक्ष लालबहादुर चौधरीका अनुसार ११ वटा घर वडावासीले आफै हटाएका थिए, नहटाएका दुई घर र एक मन्दिरमा वडा कार्यालयले डोजर चलाएको हो। यस्तै धनगढी उपमहानगरपालिकाले पनि आफ्नो नगर क्षेत्रभित्रका अतिक्रमित संरचना खाली गरिरहेको छ। 
 

कमेन्ट लोड गर्नुस