सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर सन्दीपको शल्यक्रिया

२०८० वैशाख २५, ०९:४४ खबर संवाददाता

धनगढीः नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछानेको लाइपोमाको शल्यक्रिया गरिएको छ।

क्यानका चिकित्सक डा अभिषेकराज सिंहका अनुसार लामिछानेको शरीरमा रहेका ६ वटा लाइपोमाहरुको सोमबार शल्यक्रिया गरी निकालिएको हो। अहिले खाली समयको सदुपयोग गरी शल्यक्रिया गरिएको उनले बताए। लामिछाने भोलि नै डिस्चार्ज हुने र नियमित खेलहरुमा फर्किने डा सिंहले बताए।

लामिछानेको इच्छाअनुसार नै उक्त शल्यक्रिया नेपाल नेशनल अस्पतालमा गरिएको हो। लाइपोमा छालाको मुनि बन्ने सानो डल्लो हो। जुन बोसोमा जम्मा भएर एक ठाउँ बसेको हुन्छ। यो शरीरका विभिन्न ठाउँमा हुनसक्छ। विशेषगरी गर्धन, हात, जाँघ, छाति र काँधमा हुन्छ।

लाइपोमा सामान्य स्वास्थ्य समस्या हो। यो समस्या प्रत्येक एक हजारमा एक जनालाई देखिन्छ।
 

कमेन्ट लोड गर्नुस