कञ्चनपुरमा दुई लाख बढी मुल्यका अवैध सामानसहित ५ जना पक्राउ
धनगढीः कञ्चनपुरमा दुई लाख ६९ हजार तीन सय ५० मुल्य बराबरका अवैध सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–५ सुकाशालबाट भन्सार छलीका दाल, मिश्री, चिनी, तरकारी राख्ने टोकरी, फुर्टी, बेसन पाउडर, २ थान मोटरसाइकल, १ थान स्कुटर , २ थान साईकल कञ्चनपुर प्रहरीले बरामद गरेको हो।
बरामद गरेका सामानसहित ५ जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको कञ्चनपुर प्रहरीले जनाएको छ।