सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा थप एक महिलाको शव फेला

२०८० वैशाख २५, ०४:३८ खबर संवाददाता

धनगढीः  दार्चुलामा थप एक महिलाको शव फेला परेको छ।

हिमपहिरोमा परेर बेपत्ता भएकी एक महिलाको शव फेला परेको हो। वैशाख १९ गते हिमपहिरोमा परी बेपत्ता भएकी डोटी जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको प्रहरीले जनाएको छ। यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा हिमपहिरोमा परेर बेपत्ता भएकी बोहराको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए।

सोही दिन हिम पहिरोमा परेर पाँचजना बेपत्ता भएका थिए। बेपत्ता ३ जनाको भने यसअघि नै शव फेला परिसकेको छ। यसअघि दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव फेला परेको थियो।

हराएकी १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था भने अझै अज्ञात छ।
 

कमेन्ट लोड गर्नुस