सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषध मुद्दामा फरार महिला पक्राउ

२०८० वैशाख २५, ०८:२५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन्।

शुक्लाफाँटा नगरपालिका–७ की जैना ठगुन्नालाई आइतवार प्रहरीले पक्राउ गरेको हो। फरार रहेकी ठगुन्नालाई आइतवार उनकै घरमा खोजतलास गर्दा प्रहरीले फेला पारेको हो। उनलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरबाट ४ दिनको म्याद मिलान गरी आवश्यक अनुसन्धान कार्य भरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक सुर्य बहादुर शाहीले बताए।

वैशाख ८ गते शुक्लाफाँटा नगरपालिका वडा नम्बर–५ वनसमिति कञ्चनपुरबाट पक्राउ परेका ईलाका प्रहरी कार्यालय झलारीमा लागूऔषध चरेश मुद्धामा म्याद थप भएका वसन्त जोशीसमेतको बयानमा ठगुन्नाको पनि संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस