सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सशस्त्रका बीओपी प्रमुखमाथि खुकुरी प्रहार

२०८० वैशाख २३, ०८:२६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा सशस्त्र प्रहरीका बीओपी प्रमुखमाथि खुकुरी प्रहार भएको छ। दोधारा चाँदनी नगरपालिकाको बोर्डर आउट पोस्ट (बीओपी)मा ड्युटीमा खटिएका कञ्चनभोजस्थित बीओपीका प्रमुख सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो।

पोस्टनजिकै शुक्रबार राति साढे १० बजे ४÷५ जनाको अज्ञात समूहले सई चैंसिरलाई खुकुरीले हानेको हो। राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर आक्रमणकारीहरु भागेका बताइएको छ। खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस