कञ्चनपुरमा अवैध कुखुरा नष्ट
कञ्चनपुरः कञ्चनपुरमा भारतबाट अवैध रुपमा भित्र्याइएका कुखुरा नष्ट गरिएको छ।
जिल्लाको बेलौरीबाट प्रहरीले भारतीय अबैध बोइलर कुखुरा बरामद गरेर नष्ट गरेको हो। बिहीबार राती इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले वडा नम्बर ६ विद्यानगरबाट अवैध बोइलर कुखुरा बरामद गरेको थियो।
बेवारिसे अवस्थामा झण्डै एक सय ३० किलोग्राम भारतीय बोइलर कुखुरा बरामद गरेर नष्ट गरिएको छ। बरामद गरिएका २६ हजार मुल्य बराबरका ५१ वटा कुखुरालाई पशु क्वारेनटाइन बेलौरी, जनप्रतिनिधि, स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।