सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २८४ रुख बिच सडकमा राखेर कालोपत्र, उपमहानगरलाई सडक हस्तान्तरण

२०८० वैशाख २१, ११:२७ कमल सावद

धनगढीः संघीय सहरी विकास कार्यक्रम अन्तरगत कालोपत्र गरिएका धनगढीका सडकमा पर्ने दुई सय ८४ रुख काटिएका छैनन। सहरी विकासले सडक निर्माणको काम पूरा भएको भन्दै उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ। तर रुख परेका क्षेत्रमा सडक कालोपत्र गरिएको छैन। बिच सडकमा रुख परेपछि सो क्षेत्रमा कालोपत्र नगरिएको हो।

सहरी विकासले उक्त कार्यक्रम सकिएको भन्दै उपमहानगरपालिकालाई सडक हस्तान्तरण गरेको हो। धनगढी उपमहानगरपालिकाका इन्जिजियर दीजराज भट्टले सडकका रुख कटानीको आदेश नभएको बताए। उनले भने, ‘रुख कटानीको आदेश छैन। इआईए पनि गरेका छौ। सहरीले फाइल अगाडी बढाएको थियो। स्वीकृत भएन।’

सहरी विकास आयोजना कार्यान्वयन इकाईले रुख कटानीका लागि वातावरणीय प्रभाव मुल्याँकनको काम समेत गरेको छैन्। आयोजना कार्यान्वयन इकाईले रुख कटानीका लागि आदेश नआएको भन्दै उक्त क्षेत्रमा काम नगरेको हो। रुख रहेका क्षेत्रमा सडक कालोपत्र गरिएको छैन। उक्त क्षेत्रमा धुलो र हिलो हुने गरेको छ। दुर्घटनाकोसमेत जोखिम रहेको छ। धनगढी उप–महानगरपालिकाभित्र मात्र संघीय सहरी विकास कार्यक्रमका सडकहरुमा २ सय ८४ वटा रुखहरु काट्नै बाँकी छन्। संघीय सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले सडकको काम पूरा गर्दै उपमहानगरपालिकालाई हस्तान्तरण गरेको बताएको छ। रुख कटान तथा बाँकी रहेको सडक कालोपत्रका लागि योजना नहरेको कार्यालयले बताएको छ। रुख रहेका क्षेत्रमा सडक कालोपत्रको कामसमेत धनगढी उपमहानगरपालिकाले गर्नुपर्ने कार्यालयले बताएको छ।

१५ दशमलव ५२ किलोमिटर लम्बाई रहेको धनगढी चक्रपथमा पनि धेरै रुखहरु रहेका छन्।  चक्रपथ निर्माणका लागि २०७३ जेठमा सम्झौता भएकोमा थियो। धनगढी उप–महानगरपालिका निर्माण पूरा भएका चक्रपथसहित तुलसीपुर–भगवटी टोल सडक, जाली–उत्तरखिम्लीना सडक, पिपल चौतारा–जाई–मट्यारी सडक, नेपाल रेडक्रस–तारानगर सडकमा पनि रुख छन। सहरी विकास कार्यक्रमका हाईवे–शिवपुरी सडक, लक्ष्मीनगर सडक, मट्यारी–नजरिया–भागेश्वर सडकमा पनि रुखहरु छन्। 

संघीय आयोजना कार्यान्वयन एकाई धनगढीले वनलाई रुख कटानको लागि अनुमति माग गरेपनि अहिलेसम्म प्राप्त गर्न सकेको छैन्। धनगढीमा कालोपत्र भइसकेका सडकमा दुई सय ८४ रुख काट्न बाँकी रहेको पाइएको छ। धेरै स्थानमा रुखलाई बीच भागमा छोडेर सडक कालोपत्र गरिएको हो। धनगढी उपमहानगरपालिका क्षेत्रभित्र दुई ८४ वटा रुखहरु सडकमा छोडेर कालोपत्र गरिएको छ।

सडकको बिच भागमा सहरी विकास कार्यक्रम मार्फत रुख छोडेर कालोपत्र गरिएको छ। संघीय सहरी विकास आयोजना कार्यान्वयन इकाईले वातावरणीय प्रभाव मुल्याँकनको काम समेत नगरेर सडक निर्माणको ठेक्का गरेको हो। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस