बैतडीको एक वडा कार्यालयमा तोडफोडको प्रयास
धनगढीः बैतडीको एक वडा कार्यालयमा अज्ञात समुहले तोडफोड प्रयास गरेको छ।
जिल्लाको पाटन नगरपालिका–९ को कार्यालयमा आज्ञात समूहले तोडफोडको प्रयास गरेको हो। मंगलबार राती आज्ञात समूहले वडा कार्यालयमा तोडफोडको प्रयास गरेको वडा सचिव रामदत्त जोशील बताएका छन। उनका अनुसार वडा अध्यक्षको कार्यकक्षमा लगाएको तालामा ढुङ्गा हानेर फुटाउने प्रयास भएको छ।
त्यस्तै वडा कार्यालयमा नेपाली झण्डा राख्न गाडीएको पाइप समेत तोडफोड गरिएको छ। यस विषयमा अनुसन्धान भइरहेको खोड्पे प्रहरीले जनाएको छ।