सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १७ वर्षीया किशोरी बलात्कृत

२०८० वैशाख २०, ०१:३६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्।

जिल्लाको बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरले जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार पीडित किशोरीले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएपछि अनुसन्धानका लागि किशोरलाई नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस