सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला हिमपहिरोमा बेपत्ता भएकाहरुको पहिचान खुल्यो, खोजीकार्यमा समस्या 

२०८० वैशाख २०, ०८:३८ खबर संवाददाता

दार्चुलाः दार्चुलामा मंगलबार हिमपहिरोमा परी बेपत्ता भएकाहरुको पहिचान खुलेको छ। जिल्लाको व्याँस गाउँपालिका –१ भोलिङ भन्ने स्थानमा हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका छन्। 

बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका–४ पोक्सेका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका २ बुडरका ४५ वर्षीया नक्की दोमा थापा, सोही ठाउँका २८ वर्षीया ईश्वरी थापा र सोही ठाउँका १५ वर्षीया छिम्मी थापा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

यार्सा संकलनका लागि १२ जनाको समूहमा रहेका मध्ये ७ जनाको मंगलवार सकुशल उद्धार गरेर ल्याइसकिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। १२ जना मध्ये ५ जना तल फर्कने क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका हुन्। बेपत्ता भएकाहरुको खोजी कार्यका लागि मंगलबारदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको भएपनि हिमपात भइरहेका कारण समस्या भएको प्रहरी निरीक्षक सिंहले बताए। सशस्त्र प्रहरीको ५० नम्बर गुल्म छाङरुबाट सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टको नेतृत्वमा टोली खटिएको छ तर लगातार हिमपात भइरहेकाले खोजी कार्य प्रभावित भएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस