दार्चुलाको हिमपहिरोमा परेका सात जना सम्पर्कमा, पाँच जना बेपत्ता
धनगढी दार्चुलाको हिमपहिरोमा परेका सात जना सम्कर्पमा आएका छन्।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार सात जना सम्कर्पमा आएका हुन्। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ बोलिनमा गएको हिमपहिरोमा पाँच जना अझै बेपत्ता छन्। चार जना महिला र एकजना पुरूष अझै सम्पर्कमा आएका छैनन्। उनीहरु सबैको परिचल खुलेको छैन।
उनीहरु मध्ये डोटीको जोरायल गाउँपालिकाको बुडका तीन महिला तथा दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ पोख्सेका एक महिला र एक पुरुष रहेका छन्। १२ जनाको समूहमा रहेका उनीहरु सबै हिमपहिरोमा परेका थिए।
ब्याँसमा अहिले पनि वर्षा र हिमपात जारी छ। उद्धारका लागि हेलिकोप्टर पठाउन सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्।
मंगलवार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा यार्सागुम्बा टिप्न गएका सर्वसाधारण परेका थिए।