घटेर आयो डिजेल र पेट्रोलको मूल्य
काठमाडौंः पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले सोमवार पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो। नेपाल आयल निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा र डिजेल प्रतिलिटरमा चार रुपियाँ ११ पैसा मूल्य घटेर आएको हो।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले घटेको मूल्य पठाएको हो। डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि निगमले सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर यथावत् राखेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ।