सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भागेश्वर चिनी मिलका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

२०८० वैशाख १७, ०७:१४ खबर संवाददाता

धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको भागेश्वर चिनी मिलका श्रमिकहरूको स्वास्थ्य परिक्षण गरिएको छ।

विश्व श्रमिक दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाले निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो।

श्रम तथा रोगजार शाखाले भागेश्वर चिनी मिलमा शनिवार राखिएको स्वास्थ्य शिविरमा ४४ महिला र १५६ जना पुरुषको उपचार गरिएको जनाएको छ। उनीहरूको फिजिसियन डाक्टरबाट सामान्य स्वास्थ्य परीक्षण, रगत र पिसाव चेकजाँच गरिएको हो। स्वास्थ्य परीक्षणपछि औषधि सेवन गर्नुपर्ने व्यक्तिलाई निःशुल्क औषधि वितरण गरिएको छ।

यस अघि श्रम तथा रोगजार शाखाले शुक्रवार गेटाको लक्ष्मी कत्था उद्योगका १८३ जना श्रमिकको स्वास्थ्य परीक्षण गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस