गेटाको लक्ष्मी कत्था उद्योगका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण
धनगढीः गेटाको लक्ष्मी कत्था उद्योगका श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। शुक्रवार सामाजिक विकास मन्त्रालयले उद्योगमा कार्यरत श्रमिकहरूको स्वास्थ्य उपचार गरेको हो।
सामाजिक विकास मन्त्रालयले उद्योगमा कार्यरत ७५ महिला र १०८ पुरुषसहित १८३ जनाको स्वास्थ्य परीक्षण गरेको जनाएको छ। उनीहरूको फिजिसियन डाक्टरबाट सामान्य स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श, सुगर, प्रोटिन र पिसावको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। उपचार गर्न आएका श्रमिकहरूलाई निःशुल्क औषधि वितरण गरिएको छ।