सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

२०७५ चैत्र २५, ०५:५३ खबर संवाददाता

अछाममा नेत्रविक्रम चन्द विप्लव समुहका दुईजना कार्यकर्तालाई पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार विप्लव समूहको नेकपा  जिल्ला कमिटी सदस्य लक्ष्मीराज साउद र मुगु स्थायी ठेगना भएका  आर्दश बुढालाई पक्राउ परेका हुन्। दुवै जनालाई जिल्लाको   छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको अछामका प्रमुख प्रहरी नायब उपरिक्षक जनक बहादुर शाहीले जानकारी दिए। जिल्ला सदस्य  मेल्लेख गाउँपालिका ७ नन्देगडा र बुढालाई चौरपाटी गाउँपालिका–७ मार्कुबाट पक्राउ गरिएको प्रहरी प्रमुख शाहीले बताए। 
 

कमेन्ट लोड गर्नुस