सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ट्याक्टरको टायरमा च्यापिएर एक जनाको मृत्यु

२०८० वैशाख १५, १२:५५ खबर संवाददाता

बाजुराः बाजुरामा ट्याक्टरको टायरमा च्यापिएर एकजनाको मृत्यु भएको छ।

जिल्लाको बुढीगंगा नगरपालिका–४ जाडेपानीस्थित सडकमा ३१ वर्षीय खम्म रावतको टायरमा च्यापिएर मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९७२ नम्बरको ट्याक्टरमा चढ्ने क्रममा ट्याक्टरको टायरमा च्यापिएर विहिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस