बाजुरामा मध्यराति ५.९ म्याग्निच्युडको भूकम्पको धक्का
२०८० वैशाख १५, ०५:५६
बाजुरा: बाजुरामा गएराति भूकम्पको धक्का महसूस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः३० बजे बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो।
बाजुरामा मात्रै नभएर भूकम्पको धक्का अन्य जिल्लामा पनि महसूस गरिएको थियो। यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख १० गते ४.१ म्याग्निच्युड र १४ गते ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसूस भएको थियो।
कमेन्ट लोड गर्नुस