’ए’ डिभिजन लिग : आज तीन खेल हुँदै
काठमाडौं: सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन्।
लिगको १२ औं चरण अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन्। जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। थ्री स्टार र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। थ्री स्टार आज सातौं जितको योजनामा हुनेछ।
थ्री स्टार ११ खेलमा २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। मछिन्द्र पाँचौं जितको खोजीमा हुनेछ। मछिन्द्र ११ खेलमा १६ अंक जोडेर सातौं स्थानमा रहेको छ। रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। हिमालयन र जावलाखेलबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। हिमालयन आज तेस्रो जित निकाल्न चाहन्छ।
हिमालयन ११ खेलमा १० अंक जोडेर १३ औं स्थानमा रहेको छ। जावलाखेल आठौं जितको योजनामा हुनेछ। जावलाखेल ११ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। त्यस्तै च्यासल मैदानमा सातदोबाटो युथ क्लब र संकटा क्लबबीच खेल हुनेछ। सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। सातदोबाटो छैटौं जितको खोजीमा हुनेछ। सातदोबाटो ११ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। संकटा पाँचौं जित निकाल्न चाहन्छ। संकटा ११ खेलमा १५ अंक जोडेर नवौं स्थानमा रहेको छ।