सुदूर नेपाललाई विश्वसँग जोड्दै

भलिबल खेल्न सुदूरपश्चिमको टिम कोसी प्रदेश प्रस्थान

२०८० वैशाख १२, ०५:२९ खबर संवाददाता

धनगढीः मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्न सुदूरपश्चिम प्रदेशको टिम कोसी प्रदेश प्रस्थान गरेको छ।

प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशको आयोजनामा हुने मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्न सुदूरपश्चिम प्रदेशको टीम त्यसतर्फ प्रस्थान गरेको हो।

१५ सदस्यीय टिम आज कोसी प्रदेश प्रस्थान गरेको हो। नवराज धामीको कप्तानीमा रहेको टीममा सन्तोष खत्री, बलदेव धामी, बरुण ठगुन्ना, महेश ताम्राकार, तेज नाथ, जितेन्द्र ढुंगेल, रोशन चन्द, नवराज धामी, सुरेन्द्र खड्का, वेदप्रकाश जोशी, मिलन शाह र रमेश बम रहेका छन्।

टोली नेतामा सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह, व्यवस्थापकमा परिषदका सदस्य झलक शाह र प्रशिक्षकमा हिक्मत गिरी रहेका छन्। टोलीको आज सुदुरपश्चिम प्रदेश खेलकुद परिषदमा एक कार्यक्रम गरी विदाई गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस