ए डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौंः शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन्। जसमा दुई खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेक्समा ३ बजे र ६ बजे हुनेछन्।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो ३ बजे सुरु हुनेछ। रङ्गशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ। यो खेल भने साँझ ६ बजे सुरु हुनेछ। त्यस्तै एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबिच खेल हुनेछ। खेल दिउसो ३ बजे सुरु हुनेछ।