प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २७ स्वर्ण सहित कैलाली प्रथम स्थानमा
धनगढीः १३ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलालीले प्रथम स्थान हासिल गरेको छ।
सुदूरपश्चिम खेलकुद परीसदले प्रदेशका विभिन्न जिल्लामा गरेको प्रतियोगितामा सबै भन्दा बढी पदक जित्दै पहिलो भएको हो। कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको हो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कन्चनपुर दोस्रो भएको छ। कन्चनपुरले १० स्वर्ण, १४ रजत, १० कास्य गरी ३४ पदक हात पार्दै दोस्रो भएको हो।
यस्तै डडेल्धुराले ४ स्वर्ण, ८ रजत, ९ कास्य गरी २१ पदक हात पारेको छ। बाजुराले ३ स्वर्ण, २ रजत, ६ कास्य गरी ११ पदक हात पार्दै चौथो स्थान हासिल गरेको छ भने २ स्वर्ण, ४ रजत, ७ कास्य गरी १३ पदक हात पार्दै दार्चुलाले पाँचौ स्थान हासिल गरेको छ। यस्तैगरी बैतडीले १ स्वर्ण, ४ रजत, ४ कास्य गरी ९ पदक हात जित्दै छैटौ स्थान हाँसिल गरेको छ।
अछामले १ स्वर्ण, ८ कास्य गरी ९ पदक हात पार्दै सातौँ स्थान हासिल गरेको छ। उता बझाङले ३ रजत, ५ कास्य गरी ८ पदक जित्दै आठौँ स्थानमा रहेको छ भने डोटीले ७ कास्य पदक जित्दै नबौँ स्थान हासिल गरेको छ।