कञ्चनपुरको नरभक्षी बाघलाई चिडियाखानामा राखियो
धनगढीः कञ्चनपुरको नरभक्षी बाघलाई आइतबार सदर चिडियाखाना ललितपुरको जावलाखेलमा लगेर राखिएको छ। आइतबार उक्त नरभक्षी बाघलार्ई सदर चिडियाखानामा लगिएकोे हो। उक्त बाघलाई हाल बाघ खोरको होल्डिङ कोठामा राखिएको छ। उक्त पोथी बाघ अन्दाजी ५ वर्ष उमेरको रहेको जनाइएको छ।
वैशाख ८ गते कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा बिहान करिव ९ बजेतिर बाघले स्थानीय गंगा देवी चन्दलाई आक्रमण गर्दा मृत्यु भएको थियो। बाघको आतंक बढेसँगै सम्बन्धित निकायको पहलमा बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना ल्याइएको हो।