सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पार्क मोडमा अब शिलदेवी पुस्तक पसल

२०८० वैशाख १०, १०:४७ खबर संवाददाता

धनगढीः धनगढीको पार्क मोडमा शिलदेवी पुस्तक पसल खुलेको छ। पूरानो चुवाई पुस्तक पसल रहेकै स्थानमा अहिले शिलदेवी पुस्तक पसल खुलेको हो। पुस्तक पसलका सञ्चालक वासुदेव रेग्मीले पसलमा सबै किसिमका पुस्तक पाइने बताएका छन्। सुदूरपश्चिमका पाठकहरूको मागलाई ध्यानमा राखेर पुस्तक पसलमा सबै किसिमका पुस्तक राखिएको रेग्मीले बताए।

पुस्तक पसलमा विद्यालय, कलेज, विश्वविद्यालय, शिक्षक सेवा आयोग तथा लोक सेवा आयोगका पुस्तक उपलब्ध रहेको रेग्मीले बताए। 'पसलमा शिक्षक सेवा आयोग, त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सिटिइभिटी तथा सबै तहका लोक सेवा आयोगका पुस्तक रखेका छौँ,' उनले भने, 'सुपथ मूल्यमा सबै तह र लोक सेवा तयारीका पुस्तक बिक्रीमा राखेका छौँ।'

पुस्तक पसलमा विभिन्न साहित्यकारले लेखेका चर्चित पुस्तक उपलब्ध रहेको सञ्चालकले बताएका छन्। पाठकहरूले खोजेको पुस्तक उपलब्ध हुने स्थानको रुपमा आफ्नो पुस्तक पसललाई विकास गर्ने लक्ष्य रहेको सञ्चालक रेग्मीले बताएका छन्। पुस्तक पसलबाट अनलाइन फाराम भर्ने व्यवस्था रहेको छ भने पुस्तक तथा स्टेसनरी सामानहरू थोक तथा खुद्रा बिक्री गरिने सञ्चालक रेग्मीले बताए।
 
 

कमेन्ट लोड गर्नुस